Logo

बजाजको पल्सर एन २५० र एन १६० नेपाली बजारमा, यस्ता छन् मूल्य र विशेषता

बजाजको पल्सर एन २५० र एन १६० नेपाली बजारमा, यस्ता छन् मूल्य र विशेषता



काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड को प्रालिले पल्सरको नयाँँ मोडलको बाइकहरु एन २५० र एन १६० सार्वजनिक गरेको छ । हरेक दिन चलाउन पनि हुने र पावर र पर्फर्मेन्स युक्त स्पोर्टि लुक भएको मोटरबाइक रुचाउने युवा पुस्ताको लागि यो बाइक डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

गोल्छा ग्रुपका डिरेक्टर श्री अभिमन्यु गोल्छाज्युले भन्नुभयो, “नेपालमा लन्च भएदेखि नै पल्सर बाइकले बाइकिङ क्षेत्रको लागि नयाँँ मापदण्ड खडा गरेको छ । ७० भन्दा बढी देशहरुमा गरेर पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड भएको छ । र फेरी पनि यही सिलसिलालाई कायम राख्दै पल्सरले २ वटा बाइकहरु लन्च गरेको छ जसले बाइकिङ क्षेत्रको लागि फेरी नयाँँ मापदण्ड खडा गर्नेछन् ।”

पल्सर एन २५०

मोडर्न एरो डाइनामिक डिजाइन र शार्प युनिबडी जेस्चर भएको पल्सर एन २५० हेर्दा अत्यन्तै आकर्षक देखिन्छ । यसको स्याटन ग्रे फिनिश एग्जस्ट र चौडा टायरहरुले यसलाई झनै स्पोर्टि र स्टाइलिश लुक दिएको छ । नयाँँ स्पोर्टस टेक थिममा डिजाइन गरिएको यो बाइकमा प्रयोग गरिएको नयाँँ प्रिमियम मेटालीक कलरले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको छ ।

अगाडि देखि पछाडि सम्म विस्तारै हल्का कम हुँदै गएको टोनले गर्दा यसलाई जती हेरे पनि फ्रेश देखिन्छ। साइड कभर र ट्यान्क साइडको स्याटन ब्ल्याक फिनिशले ट्यान्कको मेटालिक ग्लसलाई मजासँग कम्प्लिमेन्ट गरेको छ । त्यस्तै एन्जिन कभरमा प्रयोग गरिएको डिप कपर ले यसलाई झनै आकर्षक देखाएको छ ।

सबैभन्दा शक्तिशाली १५० सिसी देखि लिएर एन एस २०० को पावर सम्म आउँदा पल्सर सदैव सबैभन्दा फास्टेस्ट बाइक हो । यसको २५० सिसि को डिटिएस्आइ ओइल कुल्ड एनजिनले २४Þ५ को पिएस् को स्मुथ पावर र २१Þ५ एनएमको टर्क र साथ–साथै यसको सिग्नेचर १० सेकेन्ड अड्रेनलिन रश पनि दिन्छ। साथै यसको निम्बल फुटेड ह्यान्ड्लिङ र सुविधा जनक मिड रेन्जले हरेक दिनको बाइक राइड सजिलो बनाउँछ ।

पल्सर एन् १६०

पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको यो पल्सर एन् १६० मा डुअल च्यानल एबिएस् सिस्टम प्रयोग गरिएको छ जुन यो भन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएको थिएन । साथै यसमा १६५ सिसि बिएससिक्स एन्जिन, एलइडि प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् । यस अघि कहिल्यै नभएको पावर, प्रेसिजन र कन्ट्रोल प्रदान गर्ने हिसाबले यस बाइकको डिजाइन गरिएको कम्पनीले जनाएको छ । स्पोर्टि लुक भएको र हरेक दिन चलाउन मिल्ने बाइक खोजिरहेका युवा पुस्तालाई यो बाइक मन पर्ने विश्वास गरिएको छ ।

यसमा बिएस्भिआइ कम्प्लाएन्ट १६५ सिसिको एन्जिन प्रयोग गरिएको छ। यसले ८७५० आरपिएममा १६ पिएस को पावर र ६७५० को आरपिएम मा १४.६५ एनएमको टर्क निकाल्न सक्छ । सुधारिएको पिकअपको लागि ८५ प्रतिशत सम्म पिक टर्क उपलब्ध रहेको कम्पनीले दावी गरेको छ । यसले ४ भल्भ एन्जिन भएको पल्सर एनएस १६० सिसि भन्दा १.२ बिएचपि कम पावर निकाल्छ । यसमा ५ स्पिडको गियर बक्स छ ।

मोनो शक रियर सस्पेन्सन, एलइडि प्रोजेक्टर हेड ल्याम्प, अन्डर बेली एग्जस्ट सिस्टम युक्त यो बाइक ट्युबुलर फ्रेम च्यासिसमा बनाइएको छ । साथै यसमा पल्सर एन २५० कै जस्तै फुएल ट्यान्क एक्स्टेन्सन, स्प्लिट सिट, एलोइ व्हिल र टेल लाइट राखिएको छ । यसको डुअल च्यानल एबिएस भर्सन ब्रुक्लिन ब्ल्याक शेडमा उपलब्ध छ । यसमा ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएमको रियर डिस्क रहेको छ । साथै यसमा यु ईशा् बि चार्जिङ पोर्ट, १४ लिटरको फुएल ट्यान्क र गियर पोजिसन, समय, फुएल एकोनोमी र पेट्रोल खपत देखाउने डिजिटल एनालग इन्स्ट्रुमेन्ट पनि रहेको छ । नेपाली बजारमा यी बाइकहरुको मुल्य क्रमश ४८९९०० र ३७९९०० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL