Logo

नेपाली बजारमा टाटा मोटर्सको विद्युतीय गाडीको आपूर्तिमा वृद्धि, तीन चरणमा पोर्टफोलियो विस्तारको घोषणा

नेपाली बजारमा टाटा मोटर्सको विद्युतीय गाडीको आपूर्तिमा वृद्धि, तीन चरणमा पोर्टफोलियो विस्तारको घोषणा



काठमाडौं । टाटा मोटर्सको नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली बजारमा वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी गाडी हजारभन्दा बढी बुकिङ भएका छन् । यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तीन चरणमा आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ ।

नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको जनाएको छ । यस किसिमको आपूर्तिमा वृद्धि हुँदा बुकिङ गरेर गाडी कुरिरहेका ग्राहकहरुले धेरै समयसम्म प्रतिक्षा गर्नु नपर्ने कम्पनीको भनाइ छ ।

यसैगरी फोर्ड इन्डिया प्रालिको सनंद प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता भएको छ । प्राविधिक रुपले समुन्नत यसको प्रति वर्ष ४ लाख २०,००० इकाई विद्युतीय गाडी उत्पादन गर्ने क्षमता हुनेछ । कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्लेटफर्म अनुरुप विकास गर्नेछ ।

टाटा मोटर्सले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गर्दैछ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिङ्ग स्टेसन र १०० वटा स्लो चार्जिङ्ग स्टेसनको स्थापना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL