Logo

बीवाइडीको नयाँ शोरुम र नयाँ गाडी एट्रो ३ सार्वजनिक

बीवाइडीको नयाँ शोरुम र नयाँ गाडी एट्रो ३ सार्वजनिक



काठमाडौं । बीवाइडीको सुविधा सम्पन्न शोरुम र नयाँ गाडी सार्वजनिक गरिएको छ। बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स नेपालले सोमबार एक कार्यक्रम आयोजना गरी नक्सालमा नयाँ शोरुम संचालन र नयाँ विद्युतीय गाडी एट्रो ३ सार्वजनिक गरेको हो ।

उक्त शोरुमको पूर्व बैंकर्स अनिलकेशरी शाह र बीवाइडी नेपालका ब्रान्ड–एम्बेस्डर तथा बारिष्ठ कलाकार हरिवंश आचार्यले संयुक्तरूपमा उद्घाटन गरेका थिए। कम्पनीका अनुसार ६०.४ किलोवाट क्षमताको ब्याट्री प्याक भएको एट्रो ३ को मूल्य ८९.९ लाख रुपैयाँ रहेको छ ।

ब्याट्रीले फुल चार्जबाट ४२० किलोमिटर दूरीसम्मको रेन्ज दिने कम्पनीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । यो गाडीमा फास्ट चार्जिङको सुविधा पनि उपलब्ध छ। यसलाई फास्ट चार्जरबाट चार्ज गर्न ८० किलोवाटको फास्ट चार्जर आवश्यक पर्दछ, जसले ४५ मिनेटमै फुल चार्ज गर्ने दाबी गरिएको छ ।

शोरुमको शुभारम्भ गर्दै कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन, ‘सबैको माया र विश्वासको कारण हामी नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएका छौं । हामीले केही दिनअघि मात्रै पनि विक्री पछिको सेवा प्रदान गर्न गौरिघाटमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएका छौं । त्यसले बीवाइडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पुरा गर्नेछ ।

साइमेक्स इंकका सीइओ साहिल श्रेष्ठले नयाँ मोडल एटो थ्रीको विषयमा जानकारी दिदै प्रिमियम इलेक्ट्रीक कार खोज्नेको लागि एटो थ्री उपयुक्त मोडल भएको जानकारी दिए । बीवाइडीले नक्सालमा बनाएको नयाँ शोरुम ३ हजार स्क्वायर फिटमा फैलिएको छ ।

एटो थ्री

लामो समयदेखि ग्राहकले प्रतिक्षा गरिरहेको मोडल एटो थ्री बीवाइडीको ग्लोवल मोडल हो । विश्वका करिब ७० देशमा विक्री गर्ने तयारी भइरहेको एटो थ्रीले विश्व बजारमा सफलता पाउन सुरु गरिसकेको छ । बीवाइडीको डेडिकेटेट ईभी प्लेटफर्ममा बनेको एटो थ्री कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइन ल्याङ्वेज तयार भएको हो ।

निकै प्रिमियम र फराकिलो क्याबिन भएकै कारण यसलाई मनपराउने मानिस बढ्दै गएका छन् । आधुनिक फिचरले भरिपूर्ण क्याविनमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ वटा एयरब्याग, मल्टी फङ्गशनल स्टेरिङ ह्वील रहेकोछ । म्यूजिक र स्पोर्टस्थिममा सजिएको इन्टेरियर, लग्जरी सिट, आकर्षक ड्यासबोर्ड, ८ वटा स्पीकर, किलेस इन्ट्री, एम्बीयन्ट लाइटले यसलाई निकै ‘प्रिमियम फिल’ प्रदान गरेको छ । अन्तर्राष्ट्रिय बजारमा स्टायडर्ड र लङ रेन्ज भेरियन्ट उपलब्ध रहेपनि अहिले नेपालमा स्टायडर्ड भेरियन्ट मात्रै उपलब्ध छ ।

एटो थ्रीको चारवटै चक्कामा डिस्क ब्रेक दिएको छ । १८ इन्चको अलोय ह्वील, एलइडी हेडल्याम्प, डे टाइम रनिङ लाइट, फलोमी हेडल्याम्प जस्ता फिचर पाउन सकिन्छ । यूरो एनक्यापमा एडल्ट र चाइल्ड प्यासेन्जर सुरक्षामा फाइभ स्टार रेटिङ पाएको छ । नेपाल आएको एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । एटो थ्रीले एक पटकको फुलचार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । सुरक्षाको लागि यसमा ७ वटा एयरव्याग, ३६० डिग्री क्यामेरा, डिजिटल भिडियो रेकडर, टायर प्रेसर मोनिटर, फ्रन्ट र रियर सेन्सर पाउन सकिन्छ । एडीएएस लेभल दुई बराबरको सुरक्षा फिचर यसमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL