Logo

टीभीएसद्वारा सुर्खेत क्षेत्रमा एओजी राइड सम्पन्न, ३५ जना राइडर सहभागी

टीभीएसद्वारा सुर्खेत क्षेत्रमा एओजी राइड सम्पन्न, ३५ जना राइडर सहभागी



काठमाडौं । टीभीएसले सुर्खेतमा “आपाचे ओनर ग्रुप” (एओजी) सम्पन्न गरेको छ । असोज १ गते वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्यूसम्म आयोजित उक्त राइड अन्तर्गत ३५ जना राइडरल सहभागिता जनाएका थिए ।

कार्यक्रम अन्तर्गत राइडमा, भ्लगर प्रज्वल बस्नेत र रुपेश विक लगायतको सहभागिता थियो । उनीहरुले सुर्खेतमा टिभिएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारी समेत मिलेको बताए ।

कार्यक्रमा गन्तब्य राख्दै विकले भने “यो हाम्रो लागि गर्वको कुरा हो । पश्चिम नेपालको सुर्खेतमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेको छु ।”

टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगढीमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई मनपराएको पाइएको छ । यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको कम्पनीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL