Logo

आइएमई मोटर्सको ‘चाडपर्व हर्षको वहार’ अफर सार्वजनिक, वस र ट्रिपर खरिद गर्दा उपहार छानेर लिन पाइने

आइएमई मोटर्सको ‘चाडपर्व हर्षको वहार’ अफर सार्वजनिक, वस र ट्रिपर खरिद गर्दा उपहार छानेर लिन पाइने



काठमाडौं । अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले ‘चाडपर्व हर्षको वहार’ अफर सार्वजनिक गरेको छ । सो अफरअन्तर्गत यो व्राण्डको सिंक्स वस र क्याप्टने ट्रिप्पर खरिद गर्दा ग्राहकले इलेक्ट्रिक स्कुटर, सुन र यूरोप टुरमध्ये एक छानेर लिन पाउनेछन् ।

साथै ३० प्रतिशत डाउनपेमेन्ट गरेर वाँकी ७० प्रतिशत रकमलाई सरल किस्तावन्दिमा भुक्तानी गर्नेगरी यो ट्रिप्पर खरिद गर्नसक्ने समेत बताइएको छ । भारतको दोस्रो ठूलो कमर्सियल भेहिकल निर्माता अशोक लेल्याण्डको नेपाली बजारमा मिनीपिकअप दोस्तदेखी, लाइट कमर्सियल भेहिकल, हेभी ड्यूटी ट्रक, विभिन्न मोडलका ट्रिप्पर, प्यासेन्जर र स्कुल वस लगायत सावरीसाधन उपलब्ध रहँदै आएका छन् ।

कमर्सियल भेहिकलमा विभिन्न रेन्जका सवारीसाधन आयत गरी कारोवार गर्दै आइरहेको आइएमईले वस र ट्रिप्परमामात्र यो अफर लागु गराएको हो ।

अफरमा ग्राहकले राफ्ट व्रान्डको इलेक्ट्रिक स्कुटर, २४ क्यारेट सुन र एक जनालााई युरोप टुरको प्याकेजमध्ये एक छानेर लिन सक्नेछन् । अफर सिमित अवधीका लागि मात्र लागु गराइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL