Logo

विराटनगरमा टीभीएसको राइड सम्पन्न, राइडमा ३५ को सहभागिता

विराटनगरमा टीभीएसको राइड सम्पन्न, राइडमा ३५ को सहभागिता



काठमाडौं । टीभीएसले विराटनगरमा टीभीएसको राइड सम्पन्न गरेको छ । साउन १४ गते विराटनगरस्थित महेन्द्र चोकबाट सुरु भएर कोशी टप्पुस्थित अकवा बर्ड ईको रिसोर्टसम्म भएको राइडमा ३५ को सहभागिता थियो ।

विभिन्न पेशाका सहभागीहरूले भाग लिएको राइडमा सहभागिताका लागि २०० भन्दा धेरैले फारम भरेकामा ३५ जना छानिएका थिए । अपाचे वनर्स ग्रुपमार्फत भएको राइडमा जगदम्बा मोटर्सका प्रतिनिधि प्रशान्त राजभण्डारीले भने, “हामी Apache riders हरुको यति धेरै उत्साह देखेर निकै खुशी छौँ ।

हामी चाडै नै AOG बाट फेरि अर्को यात्रा सञ्चालन गर्नेछौँ। यस AOG Ride को उद्देश्य चाहिँ नेपालमा Apache riders हरुको समूहलाई बलियो बनाउदै हाम्रो ग्राहकहरुलाई अझै नजिक राख्ने प्रयास हो ।”

प्रतिक्रिया दिनुहोस्
MBL