Logo

एसपीजी अटोमोबाइल्सको एक्सचेन्ज विक, पुरानो कुनै पनि कारसँग नयाँ चेरी साट्दा ६ लाख ३१ हजारसम्म फाइदा

एसपीजी अटोमोबाइल्सको एक्सचेन्ज विक, पुरानो कुनै पनि कारसँग नयाँ चेरी साट्दा ६ लाख ३१ हजारसम्म फाइदा



काठमाडौँ । नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्सचेन्ज विक आयोजना गरेको छ । थापाथलीमा अवस्थित चेरीको फ्ल्यागसिस सोरुममा सोमबारदेखि शुरु भएको उक्त एक्सचेन्ज विक आगामी आइतबारसम्म चल्ने छ ।

एक्सचेन्ज विकको अवसरमा पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्न सकिने छ । सो अवसरमा ४ लाख रुपैयाँ सम्म छुट उपलब्ध हुनेछ । त्यसैगरी पुरानो चेरी कारसँग नयाँ कार साट्दा आकर्षक लोयल्टी बोनस १ लाख सम्म उपलब्ध हुनेछ भने एक्सचेन्ज बोनस पनि १ लाख सम्म उपलब्ध हुनेछ ।

ग्राहकलाई १ वर्षको इन्स्योरेन्स र १ वर्षको सडक कर निःशुल्क उपलब्ध हुनेछ । समग्रमा चेरी टिग्गो सिरिजका गाडीमा ग्राहकले ६ लाख ३१ हजार रुपैयाँ सम्मको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।

थप जानकारीका लागि थापाथलीस्थित सोरुम वा कम्पनीको वेबसाइट भिजिट गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL