Logo

टोखामा टिभिएसको नयाँ शोरुम, ‘टोखामी अटो हब’ सञ्चालनमा

टोखामा टिभिएसको नयाँ शोरुम, ‘टोखामी अटो हब’ सञ्चालनमा



काठमाडौं । नेपालमा टिभिएस टु ह्वीलर्सको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखा–३, स्थुलिस्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र टिभिएसका प्रतिनिधिहरु बीच टोखामा नयाँ शोरुम सुरु गरिएको हो ।

टोखाको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘टिभिएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं। ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ। टिभिएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिईरहेको छ।’

प्रतिक्रिया दिनुहोस्
MBL