Logo

चेरीको फ्ल्यागसिप मोडल ‘टिग्गो-८ प्रो’ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

चेरीको फ्ल्यागसिप मोडल ‘टिग्गो-८ प्रो’ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । चिनियाँ ब्रान्ड चेरीले नेपालमा आफ्नो फ्ल्यागसिप मोडल टिग्गो-८ प्रो कार सार्वजनिक गरेको छ। नेपालमा चेरी कारका लागि एकमात्र आधिकारिक वितरक एस.पी.जी अटोमोबाइल्स प्रालिले चेरी ब्रान्डको फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको हो।

चेरी टिग्गो ८ प्रो मा चेरीकोे टप टेक्नोलोजी समावेश छ । नयाँ यो चेरीको प्ल्यागसीप मोडल टिग्गो-८ प्रो गाडीको मूल्य ९९ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

यस्तै टिग्गो-७ प्रोको मूल्य ७४ लाख ९९ हजारमा कारोबार हुने गरेको छ। यसको सबै भन्दा सुरुवाती मोडल चेरी टिग्गो-४ प्रोको भने भेरियन्ट अनुसार ४६ लाखदेखि ६० लाख रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

यो गाडीमा फुल एलईडी लक्जरी लाइटिङ सेट र लक्जरियस लेदर सीटहरु उपलब्ध छन्। यो गाडी १.६ लिटर टर्बौ चार्ज्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सन इन्जिन उपलब्ध छ।

जसलाई सुपर पावरफुल चाइना हार्ट इन्जिन भनेर चिनिन्छ। जसको १४५ किलोवाट हर्स पावरका साथ २९० एमएम टर्क जेनेरेट गर्न सक्ने पिक पावर रहेको छ। यसमा गेटर्‍याडको स्पिड डुअल क्लच ट्रान्समिसन उपलब्ध छ। यसमा इन्धन खपत कम गर्नको लागि उत्कृष्ट इन्जिन एक्सेलेरेशन र अल्ट्रा-लो ७ डीसीटी सिस्टम समावेश छ।

यो गाडीमा भएको इन्जिन पावरले ८.९ सेकेन्डमा प्रति घन्टा १०० किलोमिटरको गति तय गर्न सक्छ। यो गाडीले १०० किलोमिटर दुरी पार गर्न ६.८ लिटर पेट्रोल खपत हुन्छ। कम्पनीका अनुसार यो गाडीको माइलेज प्रति लिटर १५ किलोमिटर प्रदान गर्नेछ।

कम्पनीका अनुसार चेरी टिग्गो-८ प्रोमा स्पेस पर्याप्त छ। यो गाडीको लम्बाई ४७२२ एमएम, चौडाई १८६० र उचाई १७४५ एमएम छ। यो गाडी पारिवारिक रुपमा डिजाइन गरिएको छ। जसमा ७ सीट उपलब्ध छ। पछाडिको दुई सिटमा बच्चाहरुलाई आरामदायी र पर्याप्त छ।

यसमा रहेको क्यामराले ३९० डिग्रीको रुपमा काम गर्छ। ड्राइभ गर्दा चारै तिरको दृश्य हेर्न सकिन्छ। जब स्टेरिङ आवश्यकभन्दा बढी मोडिन्छ, त्यसपछि अटो क्यामेराहरुले काम गर्न थाल्छन्। यसमा इन्टिग्रेटेड डाइनामिक टर्निङ सिग्नलसहितको फल एलईडी हेडल्याम्प उपलब्ध छ।

यसका साथै टायर प्रेसर मोनिटरिङ सिस्टम, १८ इन्चको अलोय ह्वील, मेमोरी इनेबल मिरर, स्टाइलिस एलईडी ब्रेक लाइट र टर्न गर्ने सिग्नल सहितको एलईडी टेलल्याम्पले कलात्मक सुन्दरता र उच्च प्रविधिको साथ फ्ल्यागसीप दृश्य प्रदान गरेको छ।

चेरी अटोमोबाइल्सको स्थापना सन् १९९७ मा भएको थियो। यो चीनमा अवस्थित विश्वव्यापी अटोमोबाइल ब्रान्ड हो । विगत २० वर्षमा, चेरीले पाँचवटा विश्वव्यापी अनुसन्धान र विकास आधारहरू मार्फत ५,५०० भन्दा बढी सदस्यहरूको अनुसन्धान र विकास टोली स्थापना गरिसकेको छ र चिनियाँ अटोमोबाइल ब्रान्डहरूमध्ये इन्जिन, ट्रान्समिसन, चेसिस र अन्य मुख्य प्रविधिहरूको सबैभन्दा शक्तिशाली अनुसन्धान र विकास क्षमता छ । सन् २०१२ मा चेरी र ज्यागुअर ल्यान्ड रोभर मोटर्सले चेरी ज्यागुअर ल्यान्ड रोभर मोटर्स कम्पनी लिमिटेडको स्थापनाका लागि संयुक्त रूपमा लगानी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL