Logo

जावा फोर्टी–टु स्पोर्ट्स स्ट्राइप मोटरसाइकल नेपाली बजारमा, मूल्य ७ लाख ५८ हजार रुपैयाँ

जावा फोर्टी–टु स्पोर्ट्स स्ट्राइप मोटरसाइकल नेपाली बजारमा, मूल्य ७ लाख ५८ हजार रुपैयाँ



काठमाडौँ । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले जावा फोर्टी–टु परिवारमा एक नयाँ उत्पादन समावेश गरेको छ ।

laxmi

अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइटमा उपलब्ध स्टाइलिङ र प्राविधिक पक्षमा विशिष्ट मानिने जावा ४२ स्पोर्ट्स स्ट्राइप बजारमा सार्वजनिक गरिएको छ । नेपाली गायक सुशान्त केसीले जावा मोटरसाइकलको शोरुम, उत्तरढोकामा उक्र बाइक सार्वजनिक गरेका हुन् । सोही अवसरमा प्रि–बुकिङ्ग गरिएका बाइकहरु समेत वितरण गरिएको छ ।

गायक केसीले भने, ‘मलाई पहिलेदेखि नै जावा मोटरबाइक निकै मन पथ्र्यो,’ उनले भने, ‘त्यसैले मैले विगत एक वर्षदेखि आफ्नो हरेक यात्राका लागि जावा पेराकलाई आत्मीय बनाएको छु । र हाल नेपालमा जावा बाइकको कलेक्शनमा जावा ४२ स्पोर्ट्स स्ट्राइप पनि थपिएकोमा म एकदम हर्षित छु र यसको सफलताको कामना पनि गर्दछु ।’

कार्यक्रमा अग्नि मोटोइंक प्रालिका महाप्रबन्धक शरद मिश्रले भने– ‘विगत दुई वर्षदेखि जावा बाइकको बिक्रीवितरणमा हामी सक्रियताका साथ कार्यरत छौँ र यी दुई वर्षमा ग्राहकबाट सदैव सकारात्मक प्रतिक्रिया नै पाइरहेका छौँ । साथै, आगामी दिनमा जावा ४२ स्पोर्ट्स स्ट्राइपले पनि सोही किसिमको माया पाउनेमा विश्वस्त छौँ ।’

कम्पनीका अनुसार स्पोर्ट्स स्ट्राइप मोडलका सबै मोटरसाइकलमा विविध आन्तरिक समायोजनहरु गरिएका छन् । ती मध्ये २९३ सीसी बीएस–सिक्स लिक्विड कुल्ड, फ्युल–इन्जेक्टेड इन्जिनले हाल २७.३३ पीएस पावर र २७.०२ एनएम टर्क उत्पादनको क्षमता रहेका छन् ।

यो पहिलो क्रस पोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त ​इन्जिनले जावाको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्यास प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ ।

यसमा सानोभन्दा सानो इनपुटलाई पनि ध्यानपूर्वक ​राम्रो इन्धनको माध्यमबाट प्रतिक्रिया दिन थ्रोटल रेस्पोन्सलाई थप तीखो बनाइएको छ । त्यसैगरी, १३–स्पोक एलोय ह्वीलले यस मोटरसाइकलको ‘स्पोर्टी क्लासिक’ व्यक्तित्वलाई उल्लेखनीय रूपमा प्रस्तुत गरेको हुनाले यसले क्लासिक मोटरसाइकल प्रेमीहरुलाई आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

जावामा सिटलाई नयाँ सिट प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुशनिङको साथ पुनः इन्जिनियर गरिएको छ । साथै, रिट्युन गरिएको सस्पेन्सन र फ्रेम सेटअप, ट्वीन एग्जस्ट र कन्टिनेन्टलद्वारा एबीएस जडित रहेको जनाएको छ ।

हाललाई यस मोटरसाईकलको अधिकतम बिक्री मूल्य ७ लाख ५८ हजार रुपैयाँ तोकिएको छ । जावा ४२ स्पोर्ट्स स्ट्राइप जावा मोटरसाइकल प्रेमीहरूले आफूलाई पायक पर्ने जावा मोटरसाइकलको विभिन्न शाखा र डिलरहरुमार्फत​सहजै नेपालभर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो ।

प्रतिक्रिया दिनुहोस्
MBL