Logo

अब एक बोत्तल पानीको मूल्य १६ रुपैयाँ, वाणिज्य विभागले तोक्यो समर्थन मूल्य

अब एक बोत्तल पानीको मूल्य १६ रुपैयाँ, वाणिज्य विभागले तोक्यो समर्थन मूल्य



काठमाडौं । वाणिज्य विभागले बोतलको प्रशोधित पानीको खुद्रा मूल्य १६ रुपैयाँ तोकेको छ । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ तोकिएको हो ।

laxmi

वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतल बन्द पानीको न्युनतम समर्थन मूल्य तोकेको छ । विभागद्धारा असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको हो ।
नयाँ मूल्य अनुसार एक जार प्रशोधित पिउने पानीको अधिकतम् खुद्रा मूल्य ५० र बोतलको मूल्य १६ रुपैयाँ तोकिएको हो । विभागले तोकेको नयाँ मूल्य भदौबाट लागु हुने भएको छ ।

प्रशोधित पानी प्रतिजार डिस्ट्रीब्यूटर मूल्य ३५ रुपैयाँ तोकिएको छ । प्रशोधित पानी १ लिटर बोटल प्रति कार्टुनको डिस्ट्रीब्यूटर मूल्य भने १ सय ३० प्रति कार्टुन कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL