Logo

प्राइमले दियो सेयरधनीलाई २० प्रतिशत बोनस

प्राइमले दियो सेयरधनीलाई २० प्रतिशत बोनस


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता ।
२६ कात्तिक, काठमाडौं । प्राइम कमसिर्यल बैंक लिमिटेडले सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिएको छ । बैंकले आफ्ना सेयर धनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत बोनस दिएको हो । यसैहप्ता बिजखबर डटकममा पनि प्राइमले सेयर धनीलाई २० प्रतिशत बोनस दिँदै भन्ने समाचार प्रकाशित भएको थियो ।
बैंकले सेयर धनीलाई लाभांश दिने सम्बन्धमा बुधबार मात्रै नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको हो । केही समय अघि नेपाल राष्ट्र बैंकमा अनुमतिका लागि पठाएकोमा हाल स्वीकृति भइ आएकाले नेप्सेमा जानकारी गराइएको बैंक स्रोतले बताएको छ । बोनश सेयर वितरणसँगै बैंकको चुक्ता पुँजी करिब ३ अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL