Logo

ग्लोबल आईएमई बैंकको सिईओमा जनक शर्मा पौड्याल नियुक्त

ग्लोबल आईएमई बैंकको सिईओमा जनक शर्मा पौड्याल नियुक्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंक संचालक समितिको बुधबार बसेको बैंठकले उनलाई सिईओमा नियुक्त गरेको हो ।

संचालक समितिले उनलाई आगामी ४ बर्षका लागि नियुक्त गरेको हो । उनी यस अघि ग्लोवल आईएमई बैंकमै कामु सिईओको रुपमा कार्यरत थिए ।

बैंकका तत्कालिन सिईओ अनिल ज्ञवालीले दुई बर्ष कार्यकाल बाँकी छँदै बैंक छाडेपछि पौड्याल काम प्रमुख कार्यकारी नियुक्त भएका थिए । गत भदौ २९ गते कामु सिइओ पदभार सम्हालेका पौड्याललाई आजबाट सिईओको जिम्मेवारी दिइएको बैंक संचालक समितिले जानकारी दिएको छ । उनी ग्लोवल आईएमई बैंकका सहायक महाप्रबन्धकको रुपमा प्रवेश गरेका थिए ।

नबिल बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका पौड्यालको सो क्षेत्रमा ३० बर्ष लामो अनुभव रहेको छ । उनीसँग नेपालसँगै बेलायतको बैंकिङ क्षेत्र मा समेत काम गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL