Logo

टेलिकमका लगानीकर्ताले बोनस सेयर नपाउने, ४० प्रतिशत नगद लाभांश दिन सिफारिस

टेलिकमका लगानीकर्ताले बोनस सेयर नपाउने, ४० प्रतिशत नगद लाभांश दिन सिफारिस



काठमाडौं । नेपाल टेलिकमले आफ्ना लगानीकर्तालाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । टेलिकमले यसपटक लगानीकर्तालाई बोनस सेयर दिने बजार हल्ला आएपनि कम्पनीको आज बसेको संचालक समितिको निर्णयले नगद लाभांश मात्रै दिने निर्णय गरेको हो ।

टेलिकमको आज बिहान बसेको संचालक समितिको बैंठकले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव पारितका लागि टेलिकमले नेपाल सरकार समक्ष पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL