Logo

क्यानभास सेल्फि टू बजारमा, मूल्य १० हजार ५ सय

क्यानभास सेल्फि टू बजारमा, मूल्य १० हजार ५ सय


बिजखबर संवाददाता
27
Shares

माइक्रोम्याक्सको क्यानभास सेल्फि टू बजारमा भित्रिएको छ । एण्ड्रोइड ललिपप अपरेटिङ सिस्टम रहेको सो फोनमा बजारमा उपलब्ध यस मोडेलका स्मार्टफोनहरु भन्दा उत्कृष्ट अपरेटिङ सिस्टम रहेको बताइएको छ ।

यसमा भएको १ दशमलव ३ गिगाहर्जको क्वाड कोर प्रोसेसरले गर्दा फोनमा सबै प्रकारका मल्टिमिडिया चलाउन निकै सरल हुने बताइएको छ ।

यसका साथै माइक्रोम्याक्स क्यानभास सेल्फी २ मा ५ एफएमभीजीए आइपीएस स्क्रीन स्क्रिन रहेको छ । यसमा भएको एमपी फ्रन्ट फेसिङ क्यामरा भिडियो कलका लागि निकै उपयुक्त हुनेछ । माइक्रोम्याक्स क्यानभास सेल्फी २ मा १ जीवीको र्याम छ ।

यस स्मार्टफोनमा ३२ जीवीसम्म बढाउन सकिने मेमोरी छ । यसको बजार मूल्य १० हजार ५ सय ६० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL