Logo

सातामा सामान्य घट्यो नेप्से, ९३ करोडको कारोवार

सातामा सामान्य घट्यो नेप्से, ९३ करोडको कारोवार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । यो साता नेप्से परिसुचक समान्य मात्र ओरालो लागेको छ । साताको पहिलो दिन १ हजार ९२ अंकबाट कारोवार शुरु भएको नेप्से परिसुचक अन्तिम दिन १ हजार ९० दशमलव ६८ अंकमा आएर अडिएको छ । साताभर कुल १ दशमलव ३६ अंकलेमात्र नेप्से ओरालो लागेको छ ।

सातामा कुनै पनि दिन नेप्सेमा धेरै उत्तरचढाव भएन । साताको तेस्रो दिन सवैभन्दा बढी ५ दशमलव ९६ अंकले ओरालो लागेको थियो भने चौथौं दिन सवैभन्दा बढी ६ दशमलव ४३ अंकले बढेको थियो ।

यो सातामा कारोवार रकम पनि धेरै भएन । बजार खुलेको ५ दिनमा ९३ करोड रुपैयाँ बरावरको मात्र सेयर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL