Logo

करिव साढे ६ अंकले बढ्यो नेप्से, १६ करोडको कारोवार

करिव साढे ६ अंकले बढ्यो नेप्से, १६ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

बुधवार नेप्से परिसुचक ६ दशमलव ४३ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ९२ दशमलव ३० अंकमा पुगेर बन्द भएको छ ।

कारोवारमा आएका सवै समुहको परिसुचक उकालो लागेकोले सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । बुधवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ४६ दशमलव २६ अंकले उकालो लागेको छ ।

त्यस्तै होटल समुह ३३ दशमलव ६७ र जलविद्युत समुहको परिसुचक १८ दशमलव ८४ अंकले बढेको छ । बैंक समुहको परिसुचक ६ दशमलव ३४ र विकास बैंकको ३ अंकले बढेको छ । त्यसैगरी फाइनान्स समुहको परिसुचक सामान्य बढेको छ ।

बुधवार १ कारोवारमा आएक १ सय ३ कम्पनीको ३ लाख ५२ हजार कित्ता सेयरबाट १६ कारोड २६ लाख बराबरको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL