Logo

साढे ३ अंकले बढ्यो नेप्से, कारोवार रकम भने घट्यो

साढे ३ अंकले बढ्यो नेप्से, कारोवार रकम भने घट्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक ३ दशमलव ५३ अंकले बढेको छ । अघिल्लो दिन ओरालो लागेको नेप्से परिसुचक सोमबार उकालो लागेको हो । बजार खुलेदेखि उच्च रुपमा उकालो लागेको नेप्से अन्तमा सामान्य बढेर १ हजार ९१ अंकमा पुगेर अडिएको छ ।

बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ । उक्त समुहको परिसुचक ३५ दशमलव ३३ अंकले बढेको छ । यसैगरी जलविद्युत र बैंकिङ समुहको परिसुचक पनि उकालो लागेको छ । तर, विकास बैंक, फाइनान्स र होटल समुहको परिसुचक भने ओरालो लागेको छ ।

दिनभर कुल १ सय ३ कम्पनीको कारोवार भएको छ । तर, अघिल्ला दिनको तुलनामा कारोवार रकम र संख्या दुवै घटेको छ । दिनभर कुल १८ करोड २५ लाख रुपैयाँ वरावरको ३ लाख ३२ हजार कित्ता सेयर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL