Logo

चन्द्रागिरिको आइपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

चन्द्रागिरिको आइपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट



काठमाडौं । चन्द्रागिरि हिल्सको आईपीओमा आवेदन दिने सबैले अब केबुलकारको टिकटमा २५ प्रतिशत छुट पाउने भएका छन् । कम्पनीको ११ औं बर्षिक सधारण सभामा उक्त कुराको जानकारी दिईएको हो । गत २९ गते बसेको साधारणसभाले चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वासलाई मध्येनजर गर्दै उक्त् छुटको व्यवस्था गरेको हो ।

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त योजना सार्वजनिक गरेका हुन् ।
उक्त छुट पाउनका लागि आवेदनकर्ताले सेयरमा आवेदन दिएको कुनै न कुनै प्रमाण देखाएको आधारमा छुट पाईनेछ । उक्त योजना माघ ५ गतेदेखि १ बर्षसम्मका लागि लागु हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL