Logo

चन्द्रागिरी हिल्सको आईपीओमा रेकर्ड ब्रेक, १२ लाख ५१ हजारले दिए आवेदन

चन्द्रागिरी हिल्सको आईपीओमा रेकर्ड ब्रेक, १२ लाख ५१ हजारले दिए आवेदन



काठमाडौं । चन्द्रागिरि हिल्सको साधारण सेयर (आइपीओ)मा हालसम्म २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ताको लागि मात्रै आवेदन माग गरेकोमा हालसम्म उक्त आवेदन परेका हुन् । जुन मागभन्दा बढी मात्रै नभई आईपीओमा आवेदन दिने संख्या हालसम्मकै बढी पनि हो ।

सिडिएससीका अनुसार मंगलबारसम्म १२ लाख ५१ हजार १० जना आवेदकले २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँको आवेदन दिएको सिडिएससीले जनाएको छ ।

कम्पनीले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो । उक्त आईपीओमा ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो ।

बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL