Logo

२८ अंकले बढ्यो नेप्से, ४ अर्ब ९८ करोडको कारोबार

२८ अंकले बढ्यो नेप्से, ४ अर्ब ९८ करोडको कारोबार



काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २८ अंकले ओरालो लागेको छ । पछिल्लो समय घटबढ भईरहेको परिसुचकमा मंगलबार भने २८ दशमलव ३१ अंकको वृद्धि भएको हो । बिहानैदेखि उकालो लागेको बजारमा व्यापारबाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् ।

laxmi

जसमध्ये सबैभन्दा बढी जिवन बीमा समुहको परिसुचक ३ सय ७६ अंकले बढ्दा निर्जीवन बीमा समुहको परिसुचक भने २७३ अंकले उकालो लागेको छ । यस्तै आज जलविद्युत समुहको परिसुचकमा ६० अंकको वृद्धि हुँदा लघुवित्त समुहको परिसुचक ५३ अंकले उकालो लागेको छ ।

बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा आज १४ अंकको वृद्धि भएको छ ।

आज व्यापार समुहको परिसुचकमा भने १५ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ । आज विभिन्न २०२ कम्पनीका १ करोड ३५ लाख ३१ हजार २ सय २७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८ सय ९७ रुपैयाँ पुगेको छ । आज आईएमई जनरल ईन्स्यारेन्सको सेयमूल्यमा पोजेटिभ सर्किट लाग्दा अन्य ७ कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL