Logo

नयाँ स्टक एक्स्चेञ्ज स्थापनाका लागि पुनः प्रक्रिया अघि बढ्यो, एउटा लाईसेन्स मात्रै दिने बोर्डको तयारी

नयाँ स्टक एक्स्चेञ्ज स्थापनाका लागि पुनः प्रक्रिया अघि बढ्यो, एउटा लाईसेन्स मात्रै दिने बोर्डको तयारी



काठमाडौं । नयाँ स्टक एक्स्चेञ्ज स्थापनाका लागि पुनः प्रक्रिया अघि बढेको छ । लामो समयदेखि धितोपत्र बोडले निजी क्षेत्रबाट नयाँ स्टक एक्सचेञ्ज कम्पनी भित्राउने पक्रिया सुरु गरेपनि हालसम्म हुन सकेको थिएन ।

तर पछिल्लो समय बजारको आधार बढेको र सोही अनुरुप कारोबार रकम समेत उच्च हुन थालेपछि नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि प्रक्रिया अघि बढेको हो । यस अघिनै बोर्डले नयाँ स्टक एक्सचेञ्ज थप गर्ने विषयमा सैद्धान्तिक निर्णय गरेर नयाँ कम्पनी ल्याउने विषयमा छलफल अघि बढाएको थियो । तत्कालिन समयमा निजी क्षेत्रबाट प्रवर्धित एउटा स्टक एक्सचेञ्ज आवश्यक रहेको भन्दै सोही अनुरुप नयाँ कम्पनीको मोडालिटीबारे छलफल गरिएको थियो ।

आजभन्दा १२ बर्ष अघि अर्थात २०६६ सालमा नेपाल सेक्युरिटीज एण्ड डेरिभेटिम एक्सचेञ्ज, काठमाडौं स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज र हिमालयन स्टक एक्सचेञ्जले नयाँ स्टक एक्स्चेञ्जको काम गर्न आवेदन दिएका थिए । त्यसयता नयाँ स्टक एक्स्चेञ्जको लाईसेन्स दिने प्रक्रिया त्यतिकै रोकिएकोमा हाल आएर बजारको विस्तार एवं विकास भएकाले पुनः नयाँ स्टक एक्स्चेञ्ज थप गर्न लागिएको ब्रोर्ड स्रोतले जानकारी दिएको छ ।

‘अहिले हामी कहाँ नयाँ स्टक एक्स्चेञ्जको लागि लाईसेन्स लिन यस अघि आवेदन दिएर बसेका कम्पनीहरु आएका छन् भने नयाँ समेत इच्छुक देखिएका छन्,’ बोर्ड स्रोतले भन्यो, ‘अहिले नेपाली सेयर बजारको दायर विस्तार तथा सोही अनुरुप दैनिक रुपमा कोरोबार रकम बढेकाले थप स्टक एक्स्चेञ्ज चाहिएको महशुस भएको छ ।’

नयाँ स्टक एक्स्चेञ्जका लागि यस अघि आवेदन दिएका तथा नयाँ कम्पनीहरु समेत आएको तर बजारको आवश्यकतालाई हेरेर थप एउटा मात्रै स्टक एक्स्चेञ्ज स्थापनाका लागि अनुुमति दिन सकिने समेत बोर्डले जानकारी दिएको छ । पछिल्लो समय नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को सफ्टवेयरले कतिपय अवस्थामा काम नगरको भन्दै लगानीकर्ताले समेत नयाँ स्टक एक्स्चेञ्ज ल्याउनुपर्ने भन्दै माग राखेका छन् । बजारको मागलाई सम्बोधन गर्दै पूँजी बजारको दायरा फारकिलो बनाउन समेत नयाँ स्टक एक्स्चेञ्ज आवश्यक रहेको बोर्ड स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL