Logo

सुनको मुल्य प्रतितोला २ सयले बढ्यो

सुनको मुल्य प्रतितोला २ सयले बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता ।
७ मंसिर, काठमाडौं । आइतबार सुनको मुल्य २ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ५१ हजार १ सय रुपैयामा कारोबार भएको सुनको मुल्य आइतबार २ सय रुपैयाँले बढेर ५१ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ५१ हजार ५० रुपैयाँमा कारोवार भइरहेको छ । चाँदीको मुल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ७ सय रुपैयाँमा कारोवार भएको चाँदी आइतबार ७ सय १० रुपैयाँ पुगेको छ । पछिल्लो समय सुनको मुल्य क्रमश बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL