Logo

सिडिएसको सीइओमा गुप्ता नियुक्त, ४ वर्षे कार्यकाल

सिडिएसको सीइओमा गुप्ता नियुक्त, ४ वर्षे कार्यकाल


बिजखबर संवाददाता
0
Shares

सिडिएस एण्ड क्लिएरिङ् लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा देबप्रकाश गुप्ता नियुक्त भएका छन् । बोर्डको आज बसेको संचालक समितिको निर्णयले उनलाई सीइओमा नियुक्त गरेको हो । उनलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको नेपाल स्टक एक्सचेञ्जका महाप्रवन्धक सिताराम थपलियाले बताए ।

सिडिएसको सीइओका लागि भदौंमा आवेदन माग गरिएको थियो । जसमध्ये बोर्डले मुख्य बैकल्पिक गरी २ जना उम्मेदवारको नाम छनौट गरेको थियो । जसमध्ये मुख्य उम्मेदवार गुप्तालाई छनौट गरिएको हो । समितिले पहिलो बैकल्किप उम्मेदवारमा कृष्णराज पोखरेलको नाम सिफारिस गरेको थियो ।

सीईओमा नियुक्त गुप्ताले इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा वीई गरेका छन् भने एमवीए गर्नुका साथै व्यवस्थापनमै एमफिल गरेर हाल पीएचडी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL