Logo

आईएमई र ग्लोबल आईएमई बैंकको छात्रवृत्ति नतिजा घोषणा, १०० जनालाई १० लाख प्रदान

आईएमई र ग्लोबल आईएमई बैंकको छात्रवृत्ति नतिजा घोषणा, १०० जनालाई १० लाख प्रदान


बिजखबर संवाददाता
0
Shares

आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा ‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’को नतिजा आज सार्वजनिक गरेको छ । कम्पनीले राष्ट्र विकासका कर्णधार विधार्थीहरुको उज्जवल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पु¥याउने उदेश्यले छात्रबृत्ति योजना ल्याएको थियो ।

कार्यक्रमलाई सम्बोधनगर्दै आईएमई ग्रुप अफ कम्पनीका अध्यक्ष चन्द्र ढकालले शिक्षाजस्तो मानिसको आधारभूत क्षेत्र हिसान र प्याब्सनसँग मिलेर कामगर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । २०७२ साल असार २० गतेवाट लागु भई २०७२ साउन मसान्तसम्म आह्वान गरिएको उक्त योजनामा देशभरबाट प्राप्त २०६० आवेदन मध्ये १ हजार ८ स य ४७ सदर आवेदन प्राप्त भएको थियो ।

सदर आवेदन मध्यबाट कक्षा १ देखि ११ सम्म अध्ययनरत आर्थिक रुपमा विपन्न, जेहेन्दार, भूकम्प प्रभावित एवं दुर्गम जिल्ला, प्राप्त प्रतिशत, पारिवारिक आर्थिक पृष्ठभूमि, अध्यनरत कक्षा तथा मेहनतीका आधारमा १ सय विधार्थीलाई १ शैक्षिक सत्रका लागि छात्रवृत्ति प्रदान गरिएको हो ।

आईएमई लिमिटेड एवम ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल १० लाख रुपैयाँ छात्रवृत्ति कोषबाट उक्त रकम प्रदान गरिने छ । सो छात्रबृत्तिका लागि संस्थाका वेब साईटएवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी आवेदन पेश गर्न सक्ने व्यवस्था मिलाइएको थियो ।

निर्धारित समयमा रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक, हिसान तथा प्याब्सनका उच्चपदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णय नतिजा प्रकाशित गरिएको आयोजकले जानकारी दिएको छ ।

नतिजा सार्वजनिक कार्यक्रममा आईएमई ग्रूप अफ कम्पनीका अध्यक्ष चन्द्र ढकाल, छात्रवृत्ति छनोट समितिका संयोजक डा स्वागत श्रेष्ठ, हिसानका सचिव बुद्धि पुडासैनी, आईएमईका कार्यकारी निर्देशक हेमराज ढकाल (रामु), ग्लोबल आईएमई बैंककाप्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली तथा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले मन्तब्यव्यक्त राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL