Logo

महासंघको कोषाध्यक्षमा शकुन्तलाल हिराचन विजयी, डिबी वस्नेत ९ मतले पराजित

महासंघको कोषाध्यक्षमा शकुन्तलाल हिराचन विजयी, डिबी वस्नेत ९ मतले पराजित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा शकुन्तलाल हिराचन विजयी भएका छन् । महासंघ केन्द्रिय कार्यसमितिको ७१ जनामध्ये अध्यक्ष गोल्छा समुहका हिराचनले ४० मत ल्याएर कोषाध्यक्ष पदमा विजयी भएका हुन् ।

महासंघको आज भएको कोषाध्यक्षको निर्वाचनमा गोल्छा समुहका हिराचनले ढकाल समुहका वस्नेतलाई ९ मतले हराउँदै विजयी भएको हुन् ।

यसैगरी कुल ७ जनाको पदाधिकारीमा अध्यक्ष गोल्छा समुह ५ मत सहित बुहमतमा रहेको छ ।

अध्यक्ष गोल्छाले आईतबारको कार्यसमितिको बैठकबाटै एजेण्डामै नभएको विषयलाई प्रस्तावमा ल्याएर कोषाध्यक्ष नियुक्त गर्न लागेको भन्दै ढकाल समुहका कार्यसमितिका सदस्यहरुले विरोध जनाएका थिए । त्यससंगे महासंघ सचिवालयले आज १२ बजेका लागि कोषाध्यक्ष पदका लागि चुनावको मिति तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL