Logo

सेयर बजार नयाँ रेकर्ड बनाउँदै, नेप्से परिसूचक १९६८ पुग्दा सवा ९ अर्वको कारोबार

सेयर बजार नयाँ रेकर्ड बनाउँदै, नेप्से परिसूचक १९६८ पुग्दा सवा ९ अर्वको कारोबार



काठमाडौं । पछिल्लो समय लगातार बढीरहेको सेयर बजारमा विभिन्न रेकर्ड तोडिने क्रम जारी छ । केहिदिनअघि परिसुचकमा ४ बर्षअगाडीको रेकर्ड तोडेको नेप्सेले हप्ताको पहिलो दिन कारोबार रकममा नयाँ रेकर्ड बनाएको छ । आईतबार नेप्से परिसुचक ७५ अंकले बढ्दा कारोबार रकम भने सवा ९ अर्ब नजिक पुगेको हो । आज नेप्से परिसुचक १ हजार ९ सय ६८ अंकको विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज दिनभरी बढेको बजारमा ९ अर्व २२ करोड ७३ लाख ४८ हजार ३ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको हो । यो कारोबार रकम हालसम्मकै बढी हो । आज बैंकिङ समुहमा लगानीकर्ता झुम्मिदा ग्रिन डेभलपमेन्ट बैंक, नेपाल ईन्भेष्टमेन्ट बैंक र सेन्चुरी कमर्शियल बैंकको सेयर मूल्यमा सर्किट ब्रेक लागेको थियो ।

नेप्सेका अनुसार आज बैंकिङ समुहको परिसुचक १ सय १२ अंकले उकालो लाग्दा जिबन बीमा समुहको परिसुचक भने २४५ अंकले उकालो लागेको छ । यस्तै आज विकास बैंक समुहको परिसुचक पनि १७३ अंकले उकालो लागेको छ ।

आज जलविद्युत समुहको परिसुचक २६ अंकले उकालो लाग्दा लघुवित्त समुहको परिसुचक भने १२ अंकले बढेको छ । तर ट्रेडिङ समुहको परिसुचकमा भने ३५ अंकको गिरावट आउँदा निर्जिवन बीमा समुहको परिसुचकमा ४५ अंकको गिरावट आएको छ । यस्तै आज उत्पादनमुलक समुहको परिसुचकमा पनि ३७ अंकको गिरावट आउँदा होटल समुहको परिसुचक ७ अंकले ओरालो लागेको छ ।

आज दिनभरी २ सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता सेयर किनबेच भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL