Logo

मनकामना केबलकारको २३ बर्षे यात्रा : १ करोड ५० लाख यात्रुलाई सेवा, १५० लाई रोजगारी

मनकामना केबलकारको २३ बर्षे यात्रा : १ करोड ५० लाख यात्रुलाई सेवा, १५० लाई रोजगारी



काठमाडौं । नेपालको पहिलो केबल कार अर्थात मनकामना केबलकार आजदेखि २३ औं बर्षमा प्रवेश गरेको छ । दर्शनार्थीहरुलाई सहज रुपमा मनकामनाको दर्शन गराउने लक्ष्य सहित संचालनमा आएको केबलकारले आजदेखि २३ औं बर्षमा प्रवेश गरेको हो ।

चितवन कोइका संस्थापक अध्यक्ष स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको भिजनमा आजभन्दा २३ बर्ष अघि स्थापना भएको सो केबलकारले आजसम्म १ करोड ५० लाखभन्दा बढी यात्रुलाई सेवा दिईसकेको छ । बार्षिक १० लाख भन्दा बढी यात्रुहरुलाई सेवा दिँदै आएको सो केबलकारले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पनि उत्तिकै काम गर्दै आएको छ ।

विभिन्न स्थानमा मठमन्दिर बनाउनेदेखि देशमा विपत्ति पर्दा समेत मनकामनाले आर्थिक रुपमा ठूलो सहयोग गर्दै आएको छ । करिव १५० जनालाई रोजगारी प्रदान गर्दै आएको सो केवलकारले राजस्वको रुपमा राज्यलाई समेत ठूलो योगदान गरेको मनकामना केवलकारका संचालक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

कोरोनाका काराण व्यवसाय ठप्प हुँदा धेरैजसो कम्पनीले कर्मचारीको तलब सुविधा कटौती गर्दा समेत मनकामनाले भने सबै कर्मचारीको पूर्ण रुपमा तलब सुविधा दिएको थियो । कोरोनाका कारण हाल बन्द अवस्थामा रहेको सो केबलकार अब कही समयभित्रै संचालनमा ल्याउने तयारी गरिएको समेत श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL