Logo

साढे १२ अंकले बढ्यो नेप्से, कारोबारमा पनि बृद्धि

साढे १२ अंकले बढ्यो नेप्से, कारोबारमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

विहीवार नेप्से परिसुचक १२ दशमलव ६१ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार १ सय ६२ अंकमा पुगेर बन्द भएको छ ।

कारोवारमा आएका अधिकांश समुहको परिसुचकमा बृद्धि भएकोले सेयर बजार उकालो लागेको हो ।

सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ७९ दशमलव ३३ अंकले बढेको छ । सो दिन होल समुहको परिसुचक ३६ दशमलव ५१ र जलविद्युत समुहको परिसुचक २७ दशमलव ९८ अंकले बढेको छ । सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १५ दशमलव ०५ अंकले बढेको छ ।

त्यसैगरी अन्य, विकास बैक र फाइनान्स समुहको परिसुचक क्रमशः १४ दशमलव ०९,८ र ० दशमलव ५४ अंकले बढेको छ । यता उत्पादन समहुको परिसुचक भने १ सय ५२ दशमलव ७६ अंकले ओरलो लागेको छ ।

बिहीवार १ सय २५ कम्पनीको १० लाख २८ हजार कित्ता सेयरबाट ५४ करोड ३८ को कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL