Logo

१२ अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट

१२ अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

सोमबार नेप्से परिसुचक १२ दशमलव २१ अंकले घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार १ सय ७१ अंकमा आएर अडिएको छ ।

nepse-image

बजारमा प्रायः सवै समुहको परिसुचक ओरालो लागेको छ । जसमध्ये सवैभन्दा बढी बीमा र बैंकिंङ समुहको परिसुचक ओरालो लागेको छ । बीमा समुह २७ अंकले घटेको छ भने बैंकिङ समुह १७ दशमलव ७८ अंकले ओरालो लागेको छ । बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक उच्च रुपमा घटेपछि समग्र नेप्से परिसुचकमा बढी असर परेको हो ।

यसैगरी, जलविद्युत्, होटल र फाइनान्स समुह पनि सामान्य ओरालो लागेका छन् । तर, विकास बैंक समुह भने सामान्य उकालो लागेको छ ।
सोमबार दिनभर १ सय १८ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल ३७ करोड ५३ लाख रुपैयाँ बरावरको ४ लाख ८८ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL