Logo

सिटिजन्स बैंकले आफ्ना शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने, यस्तो छ शेयर र नगदको अनुपात

सिटिजन्स बैंकले आफ्ना शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने, यस्तो छ शेयर र नगदको अनुपात



काठमाडौं । सिटिजन्स बैंकले आफ्ना लगानीकर्ताहरुलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । २०७७ साल कार्तिक ३ गते सोमबार बसेको बैंकको ३ सय ४५ औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ दशमलव ७० प्रतिशत बोनस शेयर र कर सहित ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

laxmi

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ११ वटा शाखा, ९९ वटा एटिएम र १ सय ४ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL