Logo

२ लाख ७६ हजारले हात पारे सानिमा जनरल ईन्स्योरेन्सको आईपीओ, ५ लाख ९० हजार बढीको हात खाली

२ लाख ७६ हजारले हात पारे सानिमा जनरल ईन्स्योरेन्सको आईपीओ, ५ लाख ९० हजार बढीको हात खाली



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) २ लाख ७६ हजारले हात पारेका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकको भुमिका पाएको एनआईसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा उक्त संख्यामा लगानीकर्ताले सेयर हात पारेका हुन् ।
उनीहरुले गोलाप्रथाबाट १०र१० कित्ताको दरले कम्पनीको सेयर पाएका हुन् ।

आईपीओमा कूल ८ लाख ६६ हजार ९ सय ५ जना आवेदकहरुबाट १ करोड ८५ लाख ९१ हजार ५ सय २० कित्ताको लागि सेयर आवेदन परेको थियो । जसमध्ये ३३ सय ६० जना आवेदकहरुबाट ६२ हजार २ सय ८० कित्ताको लागि परेको आवेदन दोहोरो भएकाले उक्त आवेदन रद्द भएको छ ।

बाँकी रितपूर्वक प्राप्त ८ लाख ६३ हजार ५ सय ८५ वटा आवेदकबाट एक करोड ८५ लाख २९ हजार २ सय ४० कित्ताका लागि आवेदन प्राप्त भएको छ । जसमध्ये गोलाप्रथाबाट २ लाख ७३ हजार जनालाई १०र१० कित्ताको दरले बाँडफाँड गरिएको हो ।

यससँगै रितपूर्वक आवेदन दिनेमध्ये ५ लाख ९० हजार बढीको हात खाली भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL