Logo

जीपी लुब्रिकेन्ट्स नेपाली बजारमा, गुणस्तर जाँच गर्ने मेशिन पनि सँगसँगै

जीपी लुब्रिकेन्ट्स नेपाली बजारमा, गुणस्तर जाँच गर्ने मेशिन पनि सँगसँगै


बिजखबर संवाददाता
27
Shares

जीपी लुब्रिकेन्ट्सको नेपाली बजारमा विक्रीवितरण सुरु भएको छ । नेपालका लागि आधिकारीक विक्रेता हजुरलाई नमस्ते ट्रेडिङ जीपीका लुव्रिकेन्टसालई नेपाली बजारमा भित्राएको हो । दक्षिण एशियाका मुलुकमा प्रसिद्धि हुँंदै आएको लुव्रिकेन्टस्लाई नेपाली बजारमा पनि भित्रेको हो । यो अमेरिकी प्रविधिमा मलेसियामा उत्पादित लुब्रिकेन्ट्स हो ।

जीपी लुव्रिकेन्ट् मेटल टिटमेन्ट एडिटिभ साइनाटिक प्रविधिबाट अमेरिकी ढाँंचामा उत्पादन गरिएको छ । जीपीका लुब्रिकेन्ट्स सवैप्रकारका सवारीसाधनलाई उपलब्ध हुने छ । विशेषगरी यो हेभी गाडीका लागि विश्वका उच्च गुणस्तरको लुव्रिकेन्ट्सका रुपमा प्रयोग हुँंदै आएको कम्पनीको दावी छ । साथै, औद्योगिक क्षेत्रमा पनि उपयुक्त हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले लुव्रिकेन्ट्स नेपाली बजारमा एकदमै सुपथ मूल्यमा उपलव्ध गराएको हजूरलाई नमस्ते टेडिगका अध्यक्ष ताराबहादुर कुँंवरले बताए । ‘यो लुव्रिकेन्टसले सामान्य लुव्रिकेन्टसको तुलनामा ४ देखि ५ गुणा वढी क्षमतामा इन्जिनलाई सञ्चालन गर्न सक्छ,’ उनले भने, ‘ यसलाई देशका सवै स्थानमा उपलव्ध गराइने छ ।’ साथै, कम्पनीले लुब्रिकेन्ट्को गुणस्तर जाँच गर्नका लागि अमेरिकाबाटै मेशिन समेत ल्याएको कुँबरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL