Logo

जुवा घरमा परिणत नेप्से, कारोबार बन्द भएपछि कसरी भयो थप ३२ करोडको सेयर कारोबार ?

जुवा घरमा परिणत नेप्से, कारोबार बन्द भएपछि कसरी भयो थप ३२ करोडको सेयर कारोबार ?



काडमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गैरकानुनी रुपमा कारोबार भएको पाइएको छ । मंगलबार कारोबार समय अर्थात ३ बजे बजार बन्द हुँदा १ अर्ब ८० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । तर, कारोबार समय पश्चात पनि थप ३२ करोड रुपैयाँको सेयर खरिदबिक्री हुँदे २ अर्ब ११ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेकै तथ्याङ्कमा उल्लेख छ ।

laxmi

प्रविधिको प्रयोगसँगै सेयर बजारमा सुधारको सट्टा त्यसलाई दुरुपयोग गरेर नेप्सेमा वित्तीय अपराध हुन थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘हिजो कारोबार समयभित्र जम्मा अर्ब १ अर्ब ८० करोड रुपैयाँको सेयर खरिदबिक्री भएर बजार बन्द भएको थियो,’ ती लगानीकर्ताले भने, ‘तर आज नेप्सेको वेवसाईट खोल्दा २ अर्ब ११ करोड ९९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको देखिएको छ ।’

नेप्सेमा कारोबार समय बन्द भएपछि पनि थप कारोबार गरिनु वित्तीय अपराध भएको एक लगानीकर्ताले जानकारी दिए । ‘नेप्सेको तथ्याङ्कमा हिजो ३ बजे बजार बन्द हुँदा नेप्से परिसुचक ४.४७ अंकले घटेर १५३६ झरेको थियो भने कारोबार रकम १ अर्ब ८० करोड मात्रै थियो तर त्यसपछि नेप्से इण्डेक्स सोही अंकमा रहयो भने कारोबार रकम मात्रै बढाइयो,’ ती लगानीकर्ताले भने, ‘जसरी कारोबार बढाईयो यो एकदमै गैरकानूनी क्रियाकलाप हो, यदि नेप्सेले प्रविधिको दुरुपयोग गर्दै आन्तरिक रुपमा कारोबार गर्ने हो भने आम लागनीकर्ताको सम्पत्ति जोखिममा पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL