Logo

नेप्से ओरालो लग्ने क्रम मंगलबार पनि रोकिएन, अन्ततः ४ अंकले घट्यो

नेप्से ओरालो लग्ने क्रम मंगलबार पनि रोकिएन, अन्ततः ४ अंकले घट्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
२ मंसिर, काठमाडौं । बजारमा मंगलबार पनि नेप्से परिसुचक ओरालो लाग्ने क्रम रोकिएन । बजार खुलेदेखि शुरुमा २० भन्दा बढी अंकले ओरालो लागेको परिसुचक अन्तमा ४ दशमलव ४२ अंकले घटेको छ । परिसुचक आइतबार १४ अंकले घटेको थियो भने सोमबार १८ अंकले घटेको थियो ।
मंगलबार पनि सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक घटेको छ । उक्त समहुको परिसुचक ५४ दशमलवब ११ अंकले ओरालो लागेको छ । यस्तै, होटल समुहको परिसुचक २६ अंकले घटेको छ भने बीमा समुह भने २१ दशमलव २६ अंकले घटेको छ । बैंकिङ समुहको परिसुचक भने २ दशमलव १२ अंकले मात्र घटेको छ । मंगलबार बजारमा अन्य समुहको परिसुचक भने १० अंकले उकालो लागेको छ ।
मंगलबार बजारमा कारोबार रकम पनि बढेको छ । दिनभर बजारमा कुल २७ करोड १३ लाख रुपैयाँ बरावरको कारोबार भएको छ । सोमबार १९ करोड ७५ लाख रुपैयाँ बरावरको मात्र कारोवार भएको थियो । यस्तै सेयर संख्या कारोबार पनि बढेर ७ लाख ३६ हजार कित्ता सेयर किनवेच भएको छ । सोमबार ५ लाख ६६ हजार कित्ता सेयर मात्र किनवेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL