Logo

मोवाइल एक्स्पोको बम्पर उपहार राईलाई, रु. १ लाख बरावरको फोन दिइने

मोवाइल एक्स्पोको बम्पर उपहार राईलाई, रु. १ लाख बरावरको फोन दिइने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

७ असोज, काठमाडौं । ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरेको मोबाइल एक्स्पो २०७२ को बम्पर उपहार ललितपुर निवासी शान्ति राईले जितेकी छन् । यहि भदौ २५ गतेदेखि असोज ५ गतेसम्म आयोजना भएको मोबाइल एक्स्पोमा ललितपुरका राईले १ लाख रुपैंयाको बम्पर पुरस्कार जितेकी हुन् ।

उनले एक्स्पोमा मोबाइल फोन खरिद गर्दा प्राप्त गरेको कुपन नम्बर २ सय ४१ बाट लक्की ड्रमार्फत उक्त उपहार जितेकी हुन् । उनले सो उपहार स्मार्टफोन एक्स्पोको आयोजक ललितपुर मोबाइल कम्प्लेक्सको तर्फबाट प्राप्त गर्नेछिन् ।
मोबाइल कम्प्लेक्समा नेपालकै सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना गरिएको छ । जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको यो कम्प्लेक्समा सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिएको थियो ।

एक्स्पोमा ग्राहकको उल्लेख्य सहभागिता रहेको थियो भने झण्डै ९ करोड रुपैंया भन्दा बढिको कारोबार भएको आयोजकले जानकारी दिएका छन् । मोबाइल कम्प्लेक्सले आगामी दिनमा पनि ग्राहकहरुको उत्साहलाई कायमै राख्नका लागि विभिन्न किसिमका अफर, स्कीम तथा उपहार कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

कम्प्लेक्समा नै नेपालको सबैभन्दा ठूलो मोबाइल सर्भिस सेन्टर पनि संचालन गरिएको छ । सर्भिस सेन्टरमा दक्ष प्राविधिकबाट मोबाइल मर्मत गर्ने तथा नेपालभरी कतैपनि बन्न नसकेको मोबाइल पनि यहाँ छिटो मर्मत गर्नसक्ने क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL