Logo

धितोपत्र बोर्डको कार्यकारी निर्देशकबाट राजीनामा दिएर बाहिरिए पौड्याल

धितोपत्र बोर्डको कार्यकारी निर्देशकबाट राजीनामा दिएर बाहिरिए पौड्याल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले सेवाबाट राजीनामा दिएका छन् । पौड्यालले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको बोर्ड स्रोतले जानकारी दिएको छ ।

पौड्यालले ३० गते देखि लागू हुनेगरी कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् ।

बोर्डमा २०५३ सालमा प्रवेश गरेका पौड्यालले २४ वर्षको सेवापछि राजीनामा दिएर बाहिरिएका हुन् । उनले साउनमै राजीनामा दिएको उक्त विदा भदौ ३० गतेदेखि लागू हुन् ।

पौड्यालले हाल नियमन, सुपरिवेक्षण तथा अनुसन्धान विभाग प्रमूखको भुमिका रहेर काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL