Logo

नाडा अटो शो सम्पन्न, ६ अर्बको व्यापार, ७५ हजारले गरे अवलोकन

नाडा अटो शो सम्पन्न, ६ अर्बको व्यापार, ७५ हजारले गरे अवलोकन


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

४ असोज, काठमाडौं । नाडा अटो शो २०१५ मा ६ अर्ब रुपैयाँभन्दा बढीको व्यापार भएको छ । आइतबार सम्पन्न गर्ने भनिएको नाडा अटो शो बन्दका कारण १ दिन लम्बिएको थियो । यस वर्षको नाडा अटो शोमा उल्लेख्य व्यापार भएको पूर्वाञ्चल ल्युव आँयल (पीएलआ)ेका निर्देशक तथा नेपाल अटोमोवाइल्स डिलर्श एशोसियशनका कोषध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘देशमा बन्द हड्ताल भइरहेको कठिन अवस्थामा नाडा अटो शो संचालन गरेको थियौं तर सोचेभन्दा एकदमै भव्य र सभ्य भएको छ,’ उनले भने, ‘जसले गर्दा अटो व्यवसायीलाई अझ बढी उत्साहित बनाएको छ ।’

um-boke-auto-show

दुलालका अनुसार ७ दिनसम्म चलेको अटो शोमा झण्डै ७५ हजार जनाले अवलोकन गरेका छन् । पछिल्ला दिनका अवलोकनकर्ता तथा ग्राहकको एकदमै भीड बढेको थियो । मेलामा २ हजार वटा मोटरसाइकल विक्री भएको छ भने ६ सय वटा कार तथा जीप विक्री भएको छ । त्यसैगरी, ५० भन्दा बढी ठूला सवारी साधन विक्री भएको छ ।

fiat-nada-auto-show

मेलामा टायर, लुव्रिकेन्ट्स तथा स्पेयरपार्टको पनि सोही अनुसार विक्री भएको छ । मेलाले सवारीसाधनको विक्री भन्दा पनि बजारीकरणका लागि उल्लेख्य सहयोग पुर्र्याएको आयोजकले जानकारी दिएको छ । मेलामा प्रत्येक दिनजसो नयाँ÷नयाँ सवारी साधन सार्वजनिक गरिएको थियो ।

tvs-auto-show

मेलामा ३२ देशका कम्पनीहरुको उत्पादन रहेका थिए । जसमा कुल ६५ वटा कम्पनीका सवारी साधन, पाटपुर्जा तथा अन्य सेवाजन्य गरी १ सय २० स्टल रहेको थियो । मेलामा १४ ब्राण्डका चारपांग्रे, १५ ब्राण्डका दुइपांग्रे र ५ ब्राण्डका हेभी कमर्शियल भेइकल प्रदर्शनीमा राखिएको थियो । मेलालाई विभिन्न स्टलमा राखिएको मोडलले आकर्षक बनाएको थियो । मेलामा विदेशी मोडलहरु समेत राखिएको थियो ।

tata-auto-show

मेलामा डाटसुन, दाइहात्सु, फियट, फोर्ड, होन्डा, हुन्डाई, किया, निशान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवागन, एमभी अगष्टा, बजाज, बेनिली, हिरो, हिरो इलेक्ट्रिक, होन्डा बाइक, केटीएम, महिन्द्रा, अशोक ले ल्यान्ड, भारत बेञ्ज, स्कोर्टस, अप्रिलिया,रोयल इन्फिल्ड, सुजुकी बाइक, टीभीएस बाइक, भेष्पा र यामाहागायतका ब्रान्डहरु प्रर्दशनीमा रहेका छन् । धेरैजसो कम्पनीले अटो शोको अवसरमा नयाँ मोडलका गाडीहरु समेत सार्वजनिक गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL