Logo

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हवाई इन्धन र ग्याँसको मूल्य यथावत

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हवाई इन्धन र ग्याँसको मूल्य यथावत



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले स्वचालित मुल्य प्रणाली अनुरुप आज (शनिवार) राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

laxmi

जस अनुसार निगमाले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ भने डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसाले वृद्धि गरेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले आईतबारदेखि लागू हुनेगरी मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

बढेको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४ रुयैयाँ पुगेको छ । यसैगरी डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL