Logo

नाडा अटो–शोमा यामाहाको ३ मोटरसाइकल सार्वजनिक, मुल्य सवा ९ लाखसम्म

नाडा अटो–शोमा यामाहाको ३ मोटरसाइकल सार्वजनिक, मुल्य सवा ९ लाखसम्म


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ भदौं, काठमाडौं । नाडा अटो–शो २०१५ को अवसरमा यामाहा मोटरसाइकलले YZF R3  र यामाहा R15 सार्वजनिक गरेको छ । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दुई वटा नयाँ मोडलका मोटरसाइकल सार्वजनिक गरेको हो । आर सिरिजका मोटरसाइकलहरु यामाहा YZF R3 र यामाहा R15  मोटरसाइकल नेपाली बजारमा भित्रिएको हो । कम्पनीले दुवै मोटरसाइकल नाडा अटो–शो २०१५ को अवसरमा सार्वजनिक गरेको हो । यमाहा R15 को बजारमुल्य भने ९ लाख २३ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

बजारमा नयाँ ल्याइएको मोटरसाकलले युवा पुस्ताको ध्यान आकर्षण गर्ने कम्पनीको विश्वास छ । नेपाली युवाहरुको लागि यामाहाका आर सिरिजका मोटरसाइकल निकै रुचाइएका मोटरसाइकल मध्येमा पर्ने कम्पनीको दावी छ । साथै, यमाहाका भर्खरै बजारमा ल्याइएका मोटरसाइकलले नेपाली बजारमा ब्राण्ड विस्तारमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

Yamaha_R15

यामाहा R15 मा ३ सय २१ सीसी क्षमताको इन्जिन जडान भएको छ । जसमा लिक्विड कुल्ड,  ४–स्ट्रोक, इन–लाइन २–सिलिण्डर सहितको प्रविधि छ । यी मोटरसाइकलको डिजाइन निकै आकर्षक छ साथै उच्च क्षमताको भए पनि मोटरसाइकलको तौल औसत भएका कारण मोटरसाइकलले राम्रो माइलेज दिने कम्पनीले बताएको छ । मोटरसाइकलमा डाइमन्ड खालको स्टिल फ्रेम राखिएको छ ।

यो मोटरसाइकलमा ३४ डिग्रीको वाइडर ह्याण्डल प्रयोग भएको हुनाले दैनिक र लामो दुरीको यात्रा तय गर्न एवं शहरी क्षेत्रका लागि पनि उत्तिकै उपयोगी रहने कम्पनीको भनाई छ । यामाहा थ्श्ँ च्घ रेस ब्लु र मिडनाईट ब्ल्याक रङमा उपलब्ध छन् ।

कम्पनीले बजारमा भित्र्याएको R15 मोटरसाइकल जापानिज प्रविधिमा आधारित छ । यो मोटरसाइकलमा १ सय ५० सीसी क्षमताको इन्जिन जडान गरिएको छ । मोटर साइकलको ह्वील बेस १ हजार ३ सय ४५ एमएम छ भने ग्राउण्ड क्लियरेन्स १ सय ६० एमएम छ । नयाँ च्ज्ञछ मा ओ टु सेन्सर, २ सय २० एमएम डायमिटरको रियर डिस्क ब्रेक, ट्युवलेस टायर, स्पोर्ट्स लुक्समा २ वटा हेड लाइट र नयाँ डिजाइनको सिट राखिएको छ ।

Yamaha_Saluto

 

यसैगरी यमाहाले यामाहाल १ सय २५ सीसी क्षमताको ‘यामाहा सलुटो’ मोटरसाइकल पनि नेपालमा भित्र्याएको छ । सरल मूल्यमा उपलब्ध यामाहा सलुटो इन्धन उपयोगी र पारिवारिक मोटरसाइल रहेको कम्पनीले जनाएको छ । ब्लु–कोर इन्जिन प्रविधिमा निर्माण भएको यो मोटरसाइकलको पिकअप निकै राम्रो रहेको छ । यो मोटर साइकलको माइलेज प्रति लिटर इन्धन बराबर ७८ किलोमिटर रहेको कम्पनीले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL