Logo

शुक्रबारदेखि ललितपुर मोवाइल एक्स्पो शुरु, एक्सचेञ्ज सुविधा पनि

शुक्रबारदेखि ललितपुर मोवाइल एक्स्पो शुरु, एक्सचेञ्ज सुविधा पनि


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

भदौं २३, काठमाडौं । शुक्रबारदेखि शुरु हुने ललितपुर मोवाइल एक्स्पोमा एक्सचेञ्च सुविधा दिइने भएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुमसहितको मोबाइल कम्प्लेक्समा शुभारम्भको अवसर पारेर गर्न लागिएको उक्त एक्स्पोमा एक्सचेञ्ज सुविधा दिन लागिएको मलका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए । यहि भदौ २५ गतेदेखि असोज ३ गतेसम्म चल्ने छ ।

मलमा रहेको एक्स्पोको स्टल नम्बर ९, १०, ११ र १२ मा नेपालमै पहिलो पटक नौलो किसिमले मोबाइल एक्सचेन्ज गर्ने सुविधा राखिएको छ । उक्त स्टलहरुबाट पुरानो मोबाइलको उचित मुल्य सहित नयाँ मोवाइल साट्न सकिने अध्यक्ष बस्नेतले जानकारी दिए ।
उक्त मोबाइल एक्स्पोमा मोबाइल एक्सचेन्जका लागि मोबाइल भ्यालुएटर राखिनेछ । मोबाइल सम्बन्धी दक्ष र अनुभवि मोबाइल भ्यालुएटरले पुरानो मोबाइलको उचित मूल्य तोकेर एक्सचेन्ज गराउने व्यवस्था मिलाईएको छ ।

त्यसैगरी एक्स्पोको अवसरमा पुरानो मोबाइल एक्सचेन्ज गरेर नयाँ मोबाइल फोन खरिद गर्नेलाई विशेष छुटको व्यवस्था गरिएको छ । त्यस्तो एक्सचेन्ज गर्ने ग्राहकहरुलाई पनि विभिन्न किसिमका स्कीम दिईनेछ । यस्तो स्कीमको व्यवस्थाले मोबाइल खरिद गर्न आउने तथा एक्सचेन्ज गर्ने ग्राहकहरुलाई एक्स्पो अवधिभर ‘मौकाको चौका’ नारासहित नयाँ मोबाइल खरिदमा अधिकतमसम्मको छुट दिईनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL