Logo

डिस होमको दसैँ र तिहार योजना, एचडी कनेक्सनमा ३ हजार छुट

डिस होमको दसैँ र तिहार योजना, एचडी कनेक्सनमा ३ हजार छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२३ भदौ,काठमाडौं । डिस होमले दसैँ र तिहार योजना घोषणा गरेको छ । कम्पनीले ‘३ हजार छुट यसपाली, बजाऔं ताली’ नामक योजना सञ्चालनमा ल्यएको हो । योजना भदौ २० गतेदेखि देशभर लागु भएको डिस होमले बताएको छ ।

योजना अन्र्तगत हाल ५ हजार ९ सय ९९ रुपैयाँ बजार मुल्य कायम भएको डिस होमको एचडी कनेक्सनमा ३ हजार रुपैयाँ छुट गरिने छ । त्यस्तै योजनामा एचडी कनेक्सन गर्ने ग्राहकले अब २ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्ने छ ।

२ हजार रुपैयाँ भन्दा बढीको रिचार्ज गर्ने सम्पूर्ण ग्राहकहरुका लागि पनि धेरै बोनसको व्यवस्था गरिएको जानकारी पनि कम्पनी दिएको छ ।

सिधै स्याटेलाइटमा आवद्ध हुने प्रविधि भएको हुँदा यसको ध्वनी (साउण्ड) र दृश्य (पिक्चर) दुबै गुणस्तरीय हुन्छन् । डिस होमले १६ वटा एचडी च्यानलहरु तथा ९० वटा एसडी च्यानलहरु च्यानलहरु प्रसारण गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL