Logo

सेयर बजारमा बन्दको प्रभाव , बीमा बाहेक अन्य समूह रातो

सेयर बजारमा बन्दको प्रभाव , बीमा बाहेक अन्य समूह रातो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

६ भदौ,काठमाडौं । आइतवार सेयर बजारमा आदीवासी जनजाती महासंघले गरेको बन्दको प्रभाव देखिएको छ ।

सो दिन नेप्से १६ दशमलव २५ अंकले ओरालो लागेको छ । बजार १ हजार १ सय ८४ दशमलव ६७ अंकमा झरेर बन्द भएको हो । आइतवार कारोवारमा आएका अधिकांश समूहको परिसूचक ओरालो लागेकोले समग्र बजारमा यसको नकारात्मक प्रभाव परेको हो ।

सो दिन बीमा समूहको बाहेक अन्य समुहको परिसुचक ओरालो लागेको छ । होटल समुहको परिसुचक सवैभन्दा बढी ५१ दशमलव ५५ अंकले घटेको हो । त्यस्तै अन्य समुहको २९ दशमलव ३७, बैकिङ समुहको १९ दशमलव ३७ जलविद्युतको ९ दशमलव १८, विकास बैंकको ३ र फाइनान्स समुहको परिसुचक २ दशमलव ०७ अंकले घटेको छ ।

यता बीमा समुहको परिसुचक भने ९ दशमलव १३ अंकले उकालो लागेको छ । आइतवार कारोवारमा आएका १ सय ४१ कम्पनीको १६ लाख ९४ हजार ३ सय ७३ कित्ता सेयरबाट ५८ करोड ३१ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL