Logo

जियोनी पायोनियर पीटुएम बजारमा, मूल्य १० हजार

जियोनी पायोनियर पीटुएम बजारमा, मूल्य १० हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबददाता

२३ साउन,काठमाडौं । जियोनीको ‘जियोनि पायोनियर पीटुएम’ नेपाली बजारमा भित्रिएको छ । एकै पटक दुई वटा सीमकार्ड प्रयोग गर्न मिल्ने यो फोन तुलनात्मक रुपमा सस्तो छ ।

४ इन्चको डब्लु भीजीए स्क्रिन भएको पायोनियरमा ३ हजार एमएएचको ठुलो ब्याट्री रहेको छ । फोनमा रहेको एक्स्ट्रिम पावर सेभिङ मोडले एकदमै कम ब्याट्रीमा पनि फोनलाई चलाउन सकिनेछ ।

यसमा १६ जिबी इन्टरनल मेमोरी, १ दशमलव३ गिगाहर्जको क्वाड कोर सीपीयु र एक जिबी ¥याम जस्त सुविधा छन् । त्यस्तै पाँच मेगा पिक्सलको रियर क्यामेरा र ० दशमलव३ मेगा पिक्सलको फ्रन्ट क्यामेरा रहेको छ ।

एन्ड्रोइड ५ दशमलव१ ललिपपमा आधारित अमिगो ३ दशमलव ० अपरेटिङ सिस्टम रहेको छ । यो सेटको मुल्य ९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यो सेट कालो, सेतो र सुनौलो तीन रंगमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL