Logo

४ अंकले बढ्यो सेयर बजार, ३९ करोडको कारोवार

४ अंकले बढ्यो सेयर बजार, ३९ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

२० साउन,काठमाडौं । बुधवार सेयरबजार ४ दशमलव १० अंकले उकालो लागेको छ । सो दिन १ हजार ३४ दशमलव ०२ अंकमा पुगेर बजार बन्द भएको छ ।

कारोवारमा आएकामध्ये बढी प्रभाव रहेको बैंक तथा बीमा समुहको परिसुचक बढेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुक सवैभन्दा बढी १सय ३० दशमलव ७१ अंकले बढेको छ । त्यस्तै होटल समुहको ३ दशमलव ४६, बैंकिङ समुहको २ दशमलव २८ र फाइनान्स समुहको परिसुचक १ दशमलव ५५ अंक्ले घढेको हो ।

यता विकास बैंक, जलविद्युत तथा अन्य समुहको परिसुचक भने क्रमशः ५ दशमलव ८५, ६ दशमलव ७२ र ४ दशमलव ७ अंकले गिरावटा आएको छ ।

बुधवार कारोवारमा आएका १ सय ४७ कम्पनीको ८ लाख ९३ हजार ९ सय ३१ कित्ता सेयरबाट ३९ करोड ३४ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL