Logo

सेयर बजार बन्द नगर्न अर्थमन्त्रीको निर्देशन, बचत र ऋण परिचालनलाई निरन्तरता

सेयर बजार बन्द नगर्न अर्थमन्त्रीको निर्देशन, बचत र ऋण परिचालनलाई निरन्तरता



काठमाडौं । सरकारले सेयर बजारलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्तस्तरिय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंक, बीमा, धितोपत्रलगायतका न्युनतम सेवाहरुलाई निरन्तरता दिन निर्देशन दिएको हो ।

साथै सो समितिले कम्पनी दर्ता र बचत तथा ऋण प्रवाहको कामलाई समेत निरन्तरता दिन निर्देशन दिएको छ ।

‘विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट सजग रहन र सतर्कता अपनाई बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धि न्युनतम सेवालाई सम्बन्धित निकायहरुले निरन्रता दिने । साथै कुन कुन सेवा कुन क्षेत्रबाट दिने हो सो को सञ्चार माध्यमबाट सेवाग्राहीलाई जानकारी गराउने ।’ उक्त निर्देशनमा भनिएको छ ।

साथै उक्त समितिले आन्तरिक आपूर्ति व्यवस्थालाई सुदृढ गर्न मुलुकभित्र छिटो उत्पादन गर्न सकिने साना तथा मझौला उत्पादन तथा सेवा उद्योगलाई प्रबाह भैरहेको सहुलियतपूर्ण ऋणलाई अझ प्रभावकारी बनाउन कर्जामा पहुँच बढाउनुका साथै सरकारले प्रदान गर्दै आएको व्याजमा अनुदान तथा बीमा प्रिमियम अनुदान रकमको लागि अर्थ मन्त्रालयले रकमको सुनिश्चितता गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL