Logo

रिचार्जरको अफर : सामान किन्दा फेस मास्क र स्यानीटाइजर निशुल्क

रिचार्जरको अफर : सामान किन्दा फेस मास्क र स्यानीटाइजर निशुल्क



काठमाडौं । मोबाइल एप रिचार्जरले एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई फेस मास्क तथा स्यानीटाइजर निशुल्क उपलब्ध गराउने भएको छ । रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टा भित्र काठमाण्डौं उपत्यकामा सामान डेलिभरी हुने समेत रिचार्जरले जानकारी दिएको छ ।

‘कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन अनुरोध गरिरहेको अवस्थामा रिचार्जरले सर्वसाधारणको आवश्यक्ता पुरा गराउनका लागि यस्तो अभियान चलाएका हौं’ ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने ।

बजारमा मास्क र स्यानिटाइजरको अभाव भैरहेका बेला रिचार्जरबाट विद्युतीय उपकरण खरिदमा निशुल्क मास्क र स्यानिटाइजर बितरण गर्दा सेवाग्राहीलाई सहज हुने रिचार्जरको विश्वास रहेको छ ।
मोबाइल फोन, टेलिभिजन, ल्यापटपलगायतका उपकरण खरिदमा हरेक ग्राहले मास्क र स्यानिटाइजर निशुल्क पाउने छन् ।

साथै घरबाट बाहिर निस्किन नमिल्ने अवस्थालाई मध्ये नजर गर्दै मोबाइल एपबाटै रकम भुक्तानी तथा किस्ताबन्दीको आवश्यक प्रकृया पुरा गर्ने व्यवस्था मिलाइएको रिचार्जरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL