Logo

नेप्सेमा सामान्य बृद्धि, कारोवार रकम भने बढ्यो

नेप्सेमा सामान्य बृद्धि, कारोवार रकम भने बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ साउन, काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सामान्य बृद्धि भएको छ । कारोवार भएको केही समय उच्च रुपमा बढेको अन्तमा घटेर १ दशमलव ७९ अंकले बृद्धि भएको छ । नेप्से परिसुचक १ हजार ५५ दशमलव ७४ अंकमा पुगेर रोकिएको छ ।

दिनभर सवैभन्दा बढी होटल समुह ३१ अंकले बढेको छ । त्यसैगरी बैंकिङ समुहमा प्रभाव पर्ने बैंकिङ् समुहको परिसुच ८ दशमलव ९ अंकले बढेको छ । सो समुहको परिसुचक उकालो लागेपछि समग्र नेप्से बढेको हो । विकास बैंक, फाइनान्स र अन्य समुहको परिसुचक भने सामान्य बढेको छ ।

बजारमा बीमा र जलविद्युत् समुहको परिसुचक भने ओरालो लागेका छन् । जसमा बीमा ८७ अंकले घटेको छ भने जलविद्युत् समुह ६६ अंकले ओरालो लागेको छ ।

अघिल्लो दिनको तुलनामा कारोवार रकम भने बढेको छ । आइतबार नेप्से परिसुचक ५० अंकले बढ्दा ३४ करोड रुपैयाँको मात्र कारोवार भएको थियो । तर,आज १ अर्व ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ । जस अन्तरगत १ सय ४८ कम्पनीको २२ लाख ४१ हजार कित्ता सयेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL