Logo

सुनको भाउ स्थिर, चाँदी प्रतितोला ६ सय ६५ रुपैयाँमा किनबेच

सुनको भाउ स्थिर, चाँदी प्रतितोला ६ सय ६५ रुपैयाँमा किनबेच


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

७ साउन,काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

सो दिन हलमार्क सुन प्रतितोला४८ हजार रुपैयाँमा किनवेच भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ४७ हजार ७ सय ५० मा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधवार पनि सुन सो मूल्यमा  किनबेच भएको थियो

यो ४ बर्षयताकै न्यून मूल्य हो । यस अघि २०६८ साउन १४ र १५ गते सुन सोही मूलयमा किनबेच भएको थियो । नयाँ आर्थिक बर्षको पहिलो दिनबाट उतारचढाव आएको सुनको मूल्य केही दिन देखि लगातार ओराला लागिरहेको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुन तथा तेलको मूल्यमा आएको कमी तथा नेपालमा लागु भएको नयाँ भन्सार महशुललका कारणले सुनको मूल्य घटेको हो । सुनको मूल्य अझै घट्ने बताइएको छ ।
बिहीबार चाँदी प्रतितोला ६ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL