Logo

वेस्टर्न युनियनको उपभोक्ता प्रबर्द्धन अफर बिजेता घोषणा, लामाले पाए १० लाख

वेस्टर्न युनियनको उपभोक्ता प्रबर्द्धन अफर बिजेता घोषणा, लामाले पाए १० लाख



काठमाडौं । वेस्टर्न युनियनले उपभोक्ता प्रबर्द्धन अफर अन्तरगतको बम्पर लक्की ड्र विजेता घोषणा गरेको छ । युनियनले दशैं तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको उपभोक्ता प्रबर्द्धन योजना अन्तरगत लक्की ड्र बिजेता महेन्द्र कुमार लामालाई १० लाख रुपैयाँ प्रदान गरेको छ ।

उक्त योजनामा ग्राहकहरुले हरेक हप्ता आफुले प्राप्त गरेको रकमको दोब्बर (बढिमा ५० हजार) जित्ने अवसर पाएका थिए । प्रबर्द्धन अवधिभरिका सम्पूर्ण कारोबारहरु (साप्ताहिक विजेता कारोबार बाहेक) लाई स्वाचालित रुपमा बम्बर लक्की ड्र मा समावेश गरिएको युनियनले जानकारी दिएको छ ।

प्रबर्द्धनमा सहभागी हुने ग्राहकले वेस्टर्न युनियनका एजेन्ट अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक रेमिटान्स र सूर्य रेमिटमार्फत रकम प्राप्त गरेका थिए । वेस्टन युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एस एस रमानाथनले भने, ‘म उपभोक्ता प्रबर्द्धनका विजेताहरुलाई बधाई दिन चाहन्छु, जसले आफुले मिहेनत गरेर कमाएको पैसा आफ्ना नेपालमा रहेको परिवारसम्म पुर्याउन वेस्टन युनियनमा विश्वास राख्दछन ।’

प्रतिक्रिया दिनुहोस्
MBL